कैलाली, माघ २५ । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेता नेकपा एमालेमै फर्किएका छन । साबिक नेकपा एकीकृत समाजवादीका खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष बहादुर खड्काको नेतृत्वमा दर्जनौँ युवाहरू आइतवार एमाले प्रवेश गर्नुभएको हो ।
एमालेका उपमहासचिव तथा कैलाली क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लेखराज भट्टले खड्कासहित प्रवेश गर्ने युवाहरूलाई पार्टीमा स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै उपमहासचिव भट्टले युवाहरूको सहभागिताले एमालेको जनआधार थप फराकिलो बनेको र सुदूरपश्चिमको समग्र विकास यात्रामा नयाँ ऊर्जा थपिएको बताउनु भयो ।
पार्टी प्रवेशपछि बोल्दै युवा नेता खड्काले देशमा युवाको वास्तविक प्रतिनिधित्व गर्ने, राष्ट्रिय हित र समृद्धिको स्पष्ट दृष्टिकोणसहित अघि बढिरहेको पार्टी एमाले मात्र रहेको निश्कर्षमा पुगेपछि फर्किएको बताउनु भयो ।
उहाँले सुदूरपश्चिमको विकास र समृद्धिका लागि सतिसालझैँ अडिग भएर उभिएका नेता लेखराज भट्टको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै आसन्न निर्वाचनमा भट्टको विजय सुनिश्चित गराउन पनि आफूहरू एमालेमा आएको बताउनु भयो ।
युवामाझ लोकप्रिय, संगठनात्मक रूपमा सबल र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित खड्काको पार्टी प्रवेशलाई एमाले आसन्न निर्वाचनलाई लिएर महत्वपूर्ण उपलब्धि भएको बताएको छ ।













प्रतिक्रिया दिनुहोस्