जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार २१:५८

भागबन्डा नमिल्दा भएन सुदूरपश्चिम मन्त्रिपरिषद विस्तार, उन्मुक्ति बैठकबाट बाहिरियो


काठमाडौं, ५ चैत । नागरिक उन्मुक्ति पार्टीको अडानले आज सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद विस्तार हुन सकेन । सरकारलाई पूर्णता दिनुअघि बसेको सत्तारुढ गठबन्धनको बैठकमा नागरिक उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेपछि प्रदेश सरकार विस्तार हुन नसकेको हो ।

‘नागरिक उन्मुक्तिका साथीहरुले आन्तरिक छलफल गर्छौं, एक दिन रोकिदिनु पर्यो भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘त्यसैले भोलि बिहान १० बजेसम्मका रोक्छौँ ।’

ती नेताका अनुसार भोलि मन्त्रिमण्डल विस्तार हुनेछ। सत्तारुढ गठबन्धनमा भएको भागबण्डाअनुसार माओवादी केन्द्र २, कांग्रेस १ र नागरिक उन्मुक्ति १ मन्त्रालय पाउने सहमति भएको थियो । यस्तै, कांग्रेस, माओवादी र नागरिक उन्मुक्ति पार्टीले १र१ राज्यमन्त्री पनि पाउने गरी सहमति जुटेको थियो ।