काठमाडौं, १६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनुभएको छ । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरूले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरिरहेको बताउँदै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको प्रस्ट्याएका छन् ।
उहाँले जानी–जानी वक्तव्यमा नभनीएको नभइ रातो कितावमा भएका कतिपय योजना वक्तव्यमा छुटेको बताउनुभएको हो । गमगढि नाम्चे लालमा सडक त्यसमा ५० करोड राखिएको र ती मध्ये धेरै बजेटको वक्तव्यमा नाम लिन नसकिएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्