काठमाडौं, ३१ जेठ । सेयर बजार १६.४२ अंकले बढेको छ । आज नेप्से सूचक १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा आएर बजार बन्द भएको हो । १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा कुल २२३ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १२६ कम्पनीको सेयरमूल्य बढ्दा ९१ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । साथै ६ कम्पनीको भाउ स्थिर छ । आज सर्वाधिक शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।













प्रतिक्रिया दिनुहोस्