जनता टाइम्स

६ असार २०८०, बुधबार १२:१९

आज पनि घट्यो सुनचाँदीको मूल्य


काठमाडौ, ६ असार । नेपाल सुनचाँदी महासंघका अनुसार लगातार दोस्रो दिन पनि सुनचाँदीको मूल्य घटेको छ । महासंघका अनुसार हिजो पनि सुनचाँदीको मूल्य घटेको थियो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १० हजार ४५० रुपैयाँ कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ कायम थियो । मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको थियो । मंगलबार १४ सय ३० रुपैयाँ कायम रहेको चाँदी बुधबार १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।