काठमाडौं, असार ७ । त्रिभुवन बिश्वबिद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरु विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश डा.मनोज कुमार शर्माको एकल इजलासले मन्त्रिपरिषदको गत मंगलबारको सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता राधिका खतिवडाका अनुसार अदालतले सरकारको सो निर्णय कानूनी सिद्धान्तबिपरित रहेको ठहरसहित यस्तो आदेश दिएको हो ।
चलाउनेको तर्फबाट अधिवक्ता खतिवडालगायतले बहस गर्नुभएको थियो । अदालतले प्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण गरेर अपांग बनाउनेहरुविरुद्धको मुद्दा फिर्ता किन लिइएको हो भनेर सरकारलाई कारण देखाउ आदेशसमेत जारी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्