काठमाडौं, ९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जर र एफपीओमा लगाइएको कर नहट्ने बताउनुभयो । नेपाल उद्योग परिसघ (सिएनआइ) को २० औं वार्षिक साधारणसभामा अर्थमन्त्रीले यस्तो बताउनुभएको हो । अर्थमन्त्री महतले मर्जर र एफपीओ जारी गर्दा भएको अत्तिरिक्त आम्दानीमा कर लाग्ने व्यवस्था वैधानिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘धेरै व्यवसायीहरुले मर्जर र एफपीओमा भएको अक्तिरिक्त आम्दानीमा कर लगाएको भनेर टिप्पणी गर्नु भएको छ । यो हटाउन म बाट कुनै निर्णय हुँदैन ।’ महालेखाले भनेअनुसार नै त्यसमार्फत कर उठाउन खोजिएको उहाँले सुनाउनुभयो । यसका साथै मर्जर र एफपिओमा लगाइएको कर नयाँ व्यवस्था नभएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो,‘यो नयाँ व्यवस्था पनि होइन ।यसमा आवश्यक अधिकार अदालतलाई मात्रै छ ।’













प्रतिक्रिया दिनुहोस्