जनता टाइम्स

१३ असार २०८०, बुधबार १२:३४

प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढ्यो


काठमाडौ, १३ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ । २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।