गणेश बस्नेत

२८ असार २०८०, बिहीबार ११:४९

प्रि–ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घट्यो


काठमाडौ, २८ असार । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ । १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।