जनता टाइम्स

१५ श्रावण २०८०, सोमबार १२:५२

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौ, १५ साउन । नेपाली बजारमा आज सुनको भाउ ओरालो लागेको छ। सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।

यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।