जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १४:५०

बलात्कार आरोपमा एकजना पक्राउ


झापा, १ भदौ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।