धनकुटा, असार २१। संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् । उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् ।
दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले कांग्रेस केन्द्रीय समितिलाई पत्र लेख्दै पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला समयका वैचारिक मतभेदका कारण पार्टी छाड्नुपरेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफूसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि कांग्रेस परित्याग गरेको पत्रमा उल्लेख छ ।
पार्टी परित्यागबारे प्रतिक्रिया दिँदै संविधानसभा सदस्य ताम्लीले वर्तमान अवस्थामा आफू पार्टीभित्र अटाउन नसकेको बताउनु भयो । ताम्लीले पार्टीभित्र “दास र लास“ को राजनीतिक संस्कृति रहेको कारण रहन नसकेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्