जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १८:२८

२५ हजार घुससहित विद्युत प्राधिकरण इनरुवाका फोरम्यान पक्राउ


काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ ।

महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताउनुभयो । घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।