जनता टाइम्स

३१ भाद्र २०८०, आईतवार १३:२२

शतप्रतिशत हकप्रद सेयर जारी गर्दै राप्ती हाइड्रो


काठमाडौ, ३१ भदौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

जसअनुसार कम्पनीले १ः१ अनुपातमा हकप्रद चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाइने पनि कम्पनीले जनाएको छ । आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद सेयर जारी गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ ।