जनता टाइम्स

९ आश्विन २०८०, मंगलवार १५:२७

सुनचाँदीको भाउ ह्वात्तै घट्यो, आजको मूल्य कति


काठमाडौ, ९ असोज । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

। यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१३।७६ डलरमा र चाँदी प्रतिऔंस २२।९७ डलरमा कारोबार भइरहेको छ ।