जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार ११:१९

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, ८३ रूपैयाँ बढी पुग्यो अष्ट्रेलियन डलरको भाउ


काठमाडौ, असोज १८ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ ४९ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्री दर १४० रुपैयाँ १९ पैसा कायम गरिएकाे छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८८ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.३४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९६ रुपैयाँ ९१ पैसा, बिक्रीदर ९८ रुपैयाँ ३५ पैसामा काराेबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसामा खरिदबिक्री गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७९ पैसा र बिक्री दर ९ रूपैयाँ ८४ पैसामा खरिदबिक्री हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा कायम रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ कायम गरिएकाे छ भने मलेसियन रिंगिट एकको खरिद दर २८.९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार हुनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.७२ पैसा तथा विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ ।