जनता टाइम्स

१० कार्तिक २०८०, शुक्रबार १५:३०

सुनको मूल्य अहिलेसम्मकै उच्च


काठमाडौं, १० कात्तिक । नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

त्यस्तै तेजाबी सुनको १ लाख १५ हजार ४५० रुपैयाँ प्रतितोला मूल्य तोकिएको छ । कार्तिक ३ गते १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । दसैँपछि आज सुरु भएको कारोबारमा तोलामा ५०० मूल्य बढेर १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।

चाँदीको भने प्रतितोला १ हजार ४०० रुपैयाँ रहेको छ ।