जनता टाइम्स

२४ कार्तिक २०८०, शुक्रबार १८:१३

विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा


काठमाडौं, २४ कात्तिक । नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गर्नुभएको हो ।

नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ । नेपाली टिम आईतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको एन्फाले जनाएको छ । चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर रहेका छन्।

नेपाली टिम

गोलकिपर : किरण चेम्जोङ (कप्तान), दिप कार्की र अभिषेक बराल ।

डिफेन्डर : सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ ।

मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल ।

फरवार्ड : अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार ।