जनता टाइम्स

१२ पुष २०८०, बिहीबार १८:००

बैंकिङ लुटविरुद्ध आजपाको मधेश प्रदेश बन्दको कार्यक्रम


वीरगञ्ज, १२ पुस । आम जनता पार्टीले बैंकिङ लुट रोक्न भन्दै अन्तरक्रिया कार्यक्रम गरेको छ ।

वीरगञ्जमा आज आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने जस्ता मागहरुको विषयमा छलफल गरेको हो ।

उक्त माग पूरा गराउन भन्दै आजपाले आन्दोलनको घोषणा गरेको छ । जसअनुसार १० माघमा मधेश बन्दको कार्यक्रमसमेत रहेको छ ।