काठमाडौं, १५ पुस । सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ । आज २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्