जनता टाइम्स

२० पुष २०८०, शुक्रबार १२:१७

सुनचाँदीको मूल्य स्थिर


काठमाडौं, २० पुस । सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनको मूल्यअनुसार नै आज सुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।