जनता टाइम्स

२३ पुष २०८०, सोमबार १२:५१

माउन्टेन इनर्जीले बोनस सेयर वितरण गर्ने घोषणा


काठमाडौ, २३ पुस । माउन्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीहरुका लागि बोनस सेयर वितरण गर्ने भएको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।