जनता टाइम्स

२६ पुष २०८०, बिहीबार १२:००

प्रि–ओपन सेसनमा नेप्से बढ्यो


काठमाडौ, २६ पुस । प्रि–ओपन सेसनमा आज नेप्से सूचक १.६५ अंकले वृद्धि भएको छ । नेप्से सुचक १.६५ अंकले बढेर २०९१.२८ विन्दुमा आएको छ ।

यो सेसनमा २३ कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने ४ कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएको छैन ।

यो सेसनमा ३८ कम्पनीको २ हजार ७३८ कित्ता सेयर कारोबार हुदाँ २० लाख ५१ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आज यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो ।