जनता टाइम्स

१२ माघ २०८०, शुक्रबार १८:४४

नेको इन्सुरेन्सको संचालकमा कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी


काठमाडौं, १२ माघ । नेको इन्सुरेन्स लिमिटेडको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्वाचित हुनुभएको छ ।

आज राजधानीमा सम्पन्न नेको इन्सुरेन्स लिमिटेडको २८ औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको संचालक समितिमा निर्वाचित हुनुभएको हो ।

कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई संचालक समितिमा सिफारिस गरिएको हो । नेको इन्सुरेन्समा कृषि विकास बैंक लिमिटेडको ३.३४ प्रतिशत अर्थात ६ लाख ७२ हजार २२ कित्ता सेयर स्वामित्व रहेको छ ।