जनता टाइम्स

१५ माघ २०८०, सोमबार १४:०६

सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ बिक्री ?


काठमाडौ, १५ माघ । नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । २ दिन स्थिर रहेको सुनको भाउ आज भने ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।