जनता टाइम्स

१६ माघ २०८०, मंगलवार १२:२३

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


काठमाडौ, १६ माघ । प्रि–ओपन सेसनमा नेप्से सूचक आज १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ ।

३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।