काठमाडौ, ७ फागुन । नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिनपनि बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले आज पनि निरन्तरता पाएको छ । त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, आइतबार छापावाल सुन १ लाख १७ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने २० रुपैयाँले घटेर तोलाको १४ सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्