काठमाडौं, फागुन १५ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार पनि सुनको भाउ सोही रहेको थियो । यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४ डलरमा र चाँदी प्रतिऔंस २२.८४ डलरमा कारोबार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्