जनता टाइम्स

५ चैत्र २०८०, सोमबार १७:०९

सामान्य अंकले बढ्यो नेप्से परिसूचक


काठमाडौं, ४ चैत । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज ३.२७ अंकले बढेको सेयर बजार २०७३.५३ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८१८ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटाको घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।