जनता टाइम्स

१७ बैशाख २०८१, सोमबार १४:१६

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु


बैतडी, १७ बैशाख । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ । घर लिप्नका लागि माटो लिन जानुभएको उहाँको भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँ सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो ।