जनता टाइम्स

९ जेष्ठ २०८१, बुधबार १९:१३

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा


काठमाडौं, ९ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको उक्त मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

यो रिटमा मंगलबारबाट सुनुवाइ भइरहेको छ । असंवैधानिक तरिकाले विश्वासको मत लिएको दाबी गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर गर्नुभएको थियो । पाण्डेले विश्वासको मतमाथि प्रश्न उठाउँदै उत्प्रेषणको आदेशले बदर गर्न माग गर्नुभएको थियो ।

उहाँले आफूलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि परमादेश माग गर्नुभएको थियो । कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा मु्ख्यमन्त्रीले विश्वासको मत लिँदा ३० मत प्राप्त गर्नुभएको थियो । सभामुखले ३० मतलाई नै बहुमत घोषणा गरेपछि मुख्यमन्त्री अधिकारीविरुद्ध पाण्डे अदालत जानुभएको हो ।