जनता टाइम्स

१४ जेष्ठ २०८१, सोमबार १६:४७

ललितपुरमा ट्रकको ठक्करले बाटो काटिरहेकी महिलाको मृत्यु


काठमाडौं, १४ जेठ । ललितपुरको सातदोबाटोमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ८ छ ७५०६ नम्बरको ट्रकले बाटो काट्दै गरेकी काभ्रेको धुलिखेलकी ४० वर्षीया अप्सरा दाहाललाई ठक्कर दिएको थियो ।

उपचारका लागि तत्कालै पाटन अस्पताल पुर्याइए पनि उहाँको मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभयो । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।