जनता टाइम्स

२४ असार २०८१, सोमबार १३:३२

पर्सा प्रहरीले समात्यो २ करोड मूल्य बराबरको अबैध सामान


पर्सा, असार २४ । पर्सा प्रहरीले २ करोड मूल्य बरावरको अबैध सामान पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिलबिजनक नभएको एक करोड ८९ लाख ५० हजार छ सय २२ रुप्रयाँ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक भारतीले दुई वटा मालबाहक ट्रकबाट बरामद भएका हार्डवेयर र मोटरपार्टस् आजै कानुनी प्रक्रिया पुर्याएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको बताउनुभयो । प्रहरीले ना ६ ख ४०५८ र ना ३ ख १८७ नं को दुई वटा ट्रकबाट सो समान बरामद गरिएको जनाएको छ ।