काठमाडौं, २८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुहरुले सरकारमा गरेको कमप्रति आफुहरुनै सन्तुष्ट नरहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले सरकारमा गएर सोचे जस्तो काम गर्न नसकेको स्वीकार गर्नुभयो ।
उहाँले सरकारमा गएपछि आफु सहकारी ठगको रुपमा विरोध खेपेको र चौतर्फी घेराबन्दीका बीच आफुहरुले राम्रो काम गरेको दाबि गर्नुभयो ।
उहाँले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोहि कारणले रातारात दुई ठुला दल एक ठाउँमा आएको बताउनुभयो ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफुहरुले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल, ठुला दल एक ठाउँमा आउदा शक्तिपृथकीकरणमा संकट आउन सक्नेमा आफुहरुको चिन्ता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्