काठमाडौं, साउन १३ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४५ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ ।













प्रतिक्रिया दिनुहोस्