जनता टाइम्स

१० भाद्र २०८१, सोमबार ११:३०

सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं, १० भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य १ लाख ५२ हजार ४ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।