काठमाडौं, २ असोज । सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान १०ः८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, बाजुरा र अछाम लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । यसअघि भदौ २८ गते बिहीबार बझाङ जिल्लाको गडराय आसपास क्षेत्रमा ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

प्रतिक्रिया दिनुहोस्