काठमाडौं कात्तिक १५ । अमेरिका छाडेर नेपाल फर्किनुभएका भ्रष्टाचारविरोधी अभियन्ता तथा समाजसेवी हेम पाठक सम्मानित हुनुभएको छ ।
साहित्यिक पत्रकार संघ र एस एस फाउन्डेसनले आयोजना गरेको सामुदायिक सेवा केन्द्र, घट्टेकुलोको सभाकक्षमा आयोजना गरेको तिहार (दीपावली), छट पर्व र नेपाल सम्बत् ११४५ को शुभकामना कार्यक्रममा समाजसेवी पाठकलाई सम्मान गरिएको हो ।
कार्यक्रममा अमेरिकाको नागरिकता तथा सुखमय जीवन परित्याग गरि स्वदेशको मायाले हालै नेपाल फर्किनु भएका समाजसेवी हेम पाठकलाई विशेष सम्मान गरिएको अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो ।
हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक पाठकलाई सो सम्मान वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसी, पूर्वकुलपति वरिष्ठ कलाकार के के कर्माचार्य, गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रममा चलचित्र विकास बोडमा नवनियुक्त चर्चित कलाकार दिनेश डी. सी. लाई बधाई ज्ञापन गरिएको थियो ।
कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष टंक श्रेष्ठ, वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी., राजनीतिज्ञ नवराज सिम्खडा, एस एस फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले विशेष मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा चर्चित सङ्गीतकार नरहरी प्रेमीले देउसी देउसी भट्याउनु भएको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार, समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्