झापा, मङ्सिर ५ । सभामुख देवराज घिमिरेले शिक्षा क्षेत्र पुरानै नीतिअनुसार चलिरहेको बताउँदै चाँडै शिक्षा विधेयक पास गरेर ऐन निर्माणको तयारी भइरहेको बताउनुभयो ।
आज विर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रमा तीव्र प्रतिस्पर्धा भइरहेको र सोही अनुसार मेहनत गर्न शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्णलाई आग्रह गर्नुभयो ।
‘विद्यार्थीहरु गुणस्तरीय र सुविधा सम्पन्न शैक्षिक संस्था खोजिरहेका छन्’, उहाँले भन्नुभयो,‘सोहीअनुसार व्यवस्थापन गर्न सक्नुपर्छ ।’ क्याम्पस प्रमुख प्रकाश दाहालले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । सो अवसरमा जग्गादाता, अक्षयकोषका दाताहरु, उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्