काठमाडौं, मंसीर ७ । जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटाको सांसद पद जोगिएको छ । सभामुख देवराज घिमिरेले जनमत पार्टीबाट समानुपातिक सांसद बन्नुभएकी सापकोटालाई कारबाही नगर्ने निर्णय गर्नुभएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार जनमत पार्टीले पठाएको पत्रबारे निर्णय गर्दै सभामुखले सापकोटालाई पदबाट नहटाउने निर्णय गरेको जानकारी दिनुभयो ।
‘सभामुखज्यूबाट निर्णय भएको छ । राजनीतिक दल सम्बन्धी ऐन ऐनको दफा ३२ को उपदफा १‚२‚३‚४ र ५ सम्बन्धी जुन प्रक्रिया छन् त्यी प्रक्रिया पुरा भएको नदेखिएको त्यसैगरी दफा ३८ को प्रक्रिया पुरा भएको नदेखिएकोले सांसद पद गएको सूचना निकाल्न नपर्ने निर्णय सभामुखज्यूबाट भएको छ,’ प्रवक्ता गिरीले भन्नुभयो ।
प्रवक्ता गिरीले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८‚ दफा ३२ र ३८ को प्रावधानमा आधारित भएर सभामुखबाट निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै जनमतले लाभलाई कारवाही गरेको र सांसद पदबाट हटाइएको सूचना टास गर्न भन्दै संसद् सचिवालयमा पटक पटक पत्र दर्ता गराएको थियो । तर सभामुखले जनमतको दावीमा प्रमाण नपुगेको जनाई सांसद पद जोगाइदिनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्