महेन्द्रनगर, पुस १४ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको मर्मअनुसार नै वर्तमान सरकार गठन भएको र यो सरकार सफल भएरै छाड्ने बताउनुभयो । राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहमति भइ वर्तमान सरकार गठन भएको उहाँले उलेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ । त्यसैले, वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’ डा. कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्