जनता टाइम्स

१८ पुष २०८१, बिहीबार २२:०३

पाँचथर र ताप्लेजुङमा एभरेष्ट बैंकको शाखा सुभारम्भ


काठमाडौं, पुस १८ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला पाँचथरर ताप्लेजुङमा आफ्नो शाखा स्थापना गरी कारोवार सुरु गरेको छ ।

सो बैंकले जनाएअनुसार ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ पुस ११ गते फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र पुस १२ गते ताप्लेजुङको फुङलिङ नगरपालिका ४ मा १३१औं शाखाको शुभारम्भ गरेको हो । यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ ।

यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहक महानुभावहरूलाई सहज हुने विश्वास बैंकले लिएको छ । पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु र
रहेको सो बैंकले जनाएको छ ।

यसका साथै देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ । नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको सो बैंकले जनाएको छ ।