काठमाडौं, माघ १७ । सभामुख देवराज घिमिरेले सोनाम ल्होसार आपसी एकता, मेलमिलाप र सामाजिक सद्भाव कायम गर्न प्रेरणाप्रद बनोस् भन्ने कामना गर्नुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको हो ।
‘नेपाल बहुसांस्कृतिक राष्ट्र हो, जहाँ हरेक जातजातिका चाडपर्वले नेपाली समाजलाई समृद्ध बनाएका छन्’, शुभकामना सन्देशमा भनिएको छ,‘ल्होसारजस्ता पर्वहरूले विविध नेपाली समुदायहरूबीचको आपसी एकता र समन्वयलाई बलियो बनाउने अवसर प्रदान गरेको छ ।’













प्रतिक्रिया दिनुहोस्