जनता टाइम्स

२९ माघ २०८१, मंगलवार २३:३३

प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा पुन: वाइपी विनय सर्वसम्मत


सिन्धुली, माघ २९ । प्रेस चौतारी नेपाल सिन्धुलीको आठौँ जिल्ला अधिवेशन मंगलबार सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको अध्यक्षमा वाइपी विनय निर्वाचित हुनुभएको छ । विनय पुन: दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्ष उद्धवकुमार श्रेष्ठ र महिला उपाध्यक्षमा सुनिता विश्वकर्मा चुनिनु भएको छ । यसैगरी सचिवमा बलवीर भुजेल तथा सहसचिवमा तारानाथ घिमिरे र तेजकुमारी बुढाथोकी (मेनुका) निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा गोमा श्रेष्ठ, झलकुमारी राजन ( विमला) र पवन राउत निर्वाचित हुनुभएको छ ।

यसैबीच प्रेस चौतारी नेपाल सिन्धुली शाखाले स्थापना गरेको अञ्जन राना पत्रकारिता पुरस्कार सिन्धुलीका अग्रज पत्रकार शंकर सौगातलाई प्रदान गरिएको छ । यस वर्षबाट सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

सिन्धुली जिल्लामा रही निरन्तर ३८ वर्षसम्म पत्रकारिता गर्नुभएका सौगातलाई सम्मानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले दोसल्ला ओढाएर प्रमाणपत्र तथा नगद सहित सौगातलाई सम्मान गर्नुभयो ।

सम्मानित पत्रकार सौगात नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पूर्वसभापति र प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य समेत हुनुहुन्छ ।

कार्यक्रममा आफूले पाएको नगद पुरस्कार सौगातले स्वर्गीय पत्रकार अञ्जन रानाको परिवारको लालन पालनमा सहयोग गर्न प्रेस चौतारी सिन्धुली शाखालाई हस्तान्तरण गर्नुभयो ।

प्रेस चौतारी नेपाल सिन्धुलीका सह सचिव समेत रहनु भएका पत्रकार अञ्जन रानाको केही वर्ष पहिले बिपी राजमार्गमा मोटर साइकल दुर्घटनामा परी निधन भएको थियो । उहाँको स्मृतिमा चौतारीले पुरस्कार दिन सुरु गरेको हो ।