जनता टाइम्स

१६ चैत्र २०८१, शनिबार १९:३०

तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज


काठमाडौँ । राजधानीको तीनकुनेमा शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् ।  प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् ।

यस्तै नेपाल प्रहरीका घाइते थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको उपचार जारी छ ।  यस्तै घाइते कुल ५१ जना प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी छ ।