जनता टाइम्स

३० चैत्र २०८१, शनिबार १८:५८

बालाजु औद्योगिक क्षेत्रमा आगलागी


काठमाडौं, ३० चैत । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको एसपी बोहराले जानकारी दिनुभयो । ‘आगलागी नियन्त्रणको प्रयास हुँदैछ । थप विवरण आएको छैन,’ उहाँले भन्नुभयो ।