जनता टाइम्स

८ बैशाख २०८२, सोमबार १७:०४

तीनकुने घटनाका थप आरोपी पक्राउ


काठमाडौं, ८ बैशाख ।  तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा संलग्न रहेको आरोपमा झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका ४८ वर्षीय ओमप्रकाश लुइँटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुइँटेललाई निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको बोहराले बताउनुभयो ।

घटनाका मुख्यनाइके भनिएका दुर्गा प्रसाईंसहितका नेताहरु प्रहरी सिरासतमै छन् । उनीहरुमाथि प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ । तीनकुने घटनामा दुईजनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक क्षति भएको थियो ।
प्रदर्शनकारीले भाटभटेनी, जडिबुटी प्रशोधन केन्द्रसहित विभिन्न स्थानमा लुटपाट तथा आगजनी गरेका थिए । उनीहरुले गुडिरहेका गाडीमा समेत आगो लगाएका थिए ।