जनता टाइम्स

१३ बैशाख २०८२, शनिबार १२:४१

२० करोड बराबरको यार्सागुम्बा निर्यात


काठमाडौँ । चालु आर्थिक वर्षको चैत  मसान्तसम्ममा २० करोड बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागकाअनुसार २० करोड २८ लाख ७८ हजार रुपैयाँ बराबरको ४८५ किलो यार्सागुम्बा निर्यात भएको छ ।

कम्बोडिया,चीन जापान मलेसिया थाइल्यान्ड हङ्कङ लगायतका १० मुलुकमा निर्यात भएको विभागले जनाएको छ । फागुनसम्ममा २० करोड ७ लाख ५३  हजार रुपैयाँको  ४८१ किलो यार्सागुम्बा निर्यात भएको थियो । यसअनुसार चैतमा जम्मा २१  लाख रुपैयाँको ४ किलो यार्सागुम्बा निर्यात भएको देखिन्छ ।