कैलाली, ११ जेठ । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका(५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २र३ दिनदेखि पटक/पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

प्रतिक्रिया दिनुहोस्