जनता टाइम्स

२५ जेष्ठ २०८२, आईतवार ०९:३६

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं, २५ जेठ । कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि शेयर बिक्रीमा राखेको जनाएको हो ।

बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरुभन्दा बाहेकका लगानीकर्ताहरुमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।